FLASH NEWS
  • Loading...

सरकारको बेइमानीका कारण निर्माण व्यवसायीले सजाय पाउन हुदैंनः महेश बर्तौला

  • गोल्डेन खबर
  • १ साल अघि
  • १७६ पटक पढिएको
सरकारको बेइमानीका कारण निर्माण व्यवसायीले सजाय पाउन हुदैंनः महेश बर्तौला

काठमाडौं- नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारको बेइमानीका कारण निर्माण व्यवसायीले सजाय पाउन नहुने भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । साथै उनले निर्माण व्यवसायीहरूको न्यायोचित मागहरू अविलम्ब सम्बोधन हुनु पर्ने र निर्माण व्यवसायीले पाउनुपर्ने अर्बौँ रुपैयाँ सरकारले दिनुपर्ने पनि बताए ।

बर्तौलाले भने, ‘यतिबेला निर्माण व्यवसायीहरू आन्दोलनमा छन् । उनीहरूको माग न्यायोचित पनि छ । निर्माण व्यवसायीहरू माथि सरकारले आर्थिक अपराध गरिरहेको छ । सरकारले सार्वजनिक निर्माण कार्य बापतको अरबौँ रकम निर्माण व्यवसायीहरलाई भुक्तानी गर्न बाँकी छ । जसका कारण समग्र सार्वजनिक निर्माण कार्य प्रभावित भइरहेको छ ।

निर्माण व्यवसायीहरूले राज्यबाट पाउनुपर्ने अर्बौँ रकम समयमै नपाएकै कारण उनीहरूले भुक्तानी गर्नु पर्ने पक्षलाई भुक्तानी गर्न नसक्दा मोबाइल बन्द गरेर, घर छोडेर भाग्नुपर्ने, बेखवर हुनुपर्ने बाध्यात्मक अवस्थामा कतिपय व्यवसायीहरू पुगेको देखिन्छ । अपराध सरकारले गर्ने अनि सजाय निर्माण व्यवसायीहरूले पाउने जस्तो भएको छ । यो उचित होइन । त्यसैले निर्माण व्यवसायीहरूको अर्बौँ रकम सरकारले तत्काल निकासा गर्नुपर्दछ ।’

कतिपय स्थानहरूमा मुआब्जा वितरण, जङ्गल कटान समस्या, स्थानीय अवरोधका आदि कारणहरूले पनि कयौँ आयोजनाहरू सुचारु हुन सकेको उनले बताए । हाल नेपालको सार्वजनिक निर्माण कार्य अस्तव्यस्त अवस्थामा छ । लाखौँको संख्यामा रोजगारी प्रभावित भएको छ । राजस्व परिचालन र अर्थतन्त्रमा गम्भीर धक्का समेत पुगेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित