FLASH NEWS
  • Loading...

रामकुमारी झाँक्री एमालेमा फर्किने अन्तिम तयारीमा, माधव नेपालसँग बोलचाल नै बन्द

  • गोल्डेन खबर
  • १ साल अघि
  • १५९ पटक पढिएको
रामकुमारी झाँक्री एमालेमा फर्किने अन्तिम तयारीमा, माधव नेपालसँग बोलचाल नै बन्द

काठमाडौं -नेकपा (एकीकृत समाजवादी) की प्रभावशाली नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्री अहिले निश्क्रिय छिन् । झाँक्रीले पूरानै घर (एमाले) मा फर्कने मन बनाएको कुरा यसअघि नै चर्चामा आएको थियो । तर, पछिल्लो समय उनको अध्यक्ष माधवकुमार नेपालसँग त्यति सुमधुर सम्बन्ध छैन् । आफूलाई नेतृत्वले बेवास्ता गरेको उनको गुनासो छ ।

अध्यक्ष नेपालले पार्टी पनि एकलौटी ढंगले चलाएको भन्ने उनको आरोप छ । नेतृ झाँक्रीले एमाले नेताहरुसँग सम्पर्क बढाएकी छिन् । पछिल्लो समय उनले योगेश भट्टराईसँग एमाले फर्किनेबारे अलिक लामो बहस गरेको स्रोतको दाबी छ । चुनाव सकिएलगत्तै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेको खुलासा गरेकी थिईन् ।

तर, त्यतिवेला भने उनले एमालेमा फर्कनको लागि भन्दापनि वामपन्थीहरुकै नेतृत्वमा सरकार बनाउन र माधव नेपाललाई राष्ट्रपति बनाउने र एमालेसँग पार्टी एकता गर्नेबारे छलफल गरेको बताईएको छ । झाँक्री नेकपा ९एस० मा भूमिकाविहीनजस्तै छिन् । उनको अहिले अध्यक्ष माधव नेपालसँग पनि राम्रो सम्बन्ध छैन् ।

खासगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहरी विकासमन्त्री हुँदा माधव नेपालले अपमानजनक ढंगले फिर्ता बोलाएकोमा उनले भेटेरै आक्रोश पोखेकी थिईन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित