FLASH NEWS
  • Loading...

चलिरहेको रेलमा गोली प्रहार, चार जनाको मृत्यु

  • गोल्डेन खबर
  • १ साल अघि
  • १४० पटक पढिएको
चलिरहेको रेलमा गोली प्रहार, चार जनाको मृत्यु

काठमाडौं— भारतको महाराष्ट्रमा चलिरहेको रेलमा गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ ।

जयपुरबाट मुम्बई जाँदै गरेको रेलमा रेलवे सुरक्षा बल (आरपीएफ)का जवानले महाराष्ट्रको पालघर भन्ने स्थानमा आज बिहान गोली प्रहार गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

रेलवे सुरक्षा बलकै जवानले रेलमा किन गोली चलाए भन्ने खुलेको छैन । उनलाई नियन्त्रणमा लिइएको र घटनाको अनुसन्धान गरिरहेको महाराष्ट्र प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित