- युट्युबमा रिलिज 'डिग्री माइला' ले पायो २४ घण्टा नपुग्दै १० लाख बढी भ्युज |
- कोशी प्रदेश सभामा प्रधानमन्त्रीको सम्बोधनः देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो |
- प्रतिनिधि सभाको बैठक बस्दैछ, यी हुन् कार्यसूची |
- आजको पञ्चाङ्ग र राशिफल (२०८१ फागुन २८ गते बुधबार, फाल्गुन शुक्लपक्ष त्रयोदशी) |
- PSG Triumph Over Liverpool in Penalty Shootout to Advance in UEFA Champions League |
सुन प्रकरणमा ठमेलको होटल भियनाबाट एक जना पक्राउ
- गोल्डेन खबर
- १ साल अघि
- २४६ पटक पढिएको

काठमाडौं- राजस्व अनुसन्धान विभागले सुन प्रकरणमा काठमाडौं ठमेलको होटल भियनाबाट एक जनालाई पक्राउ गरेको छ।
स्रोतको अनुसार विभागको टोलीले आइतबार बिहान उक्त होटलबाट दावा छिरिङलाई पक्राउ गरेको हो । सो होटल उनकी श्रीमतीको नाममा छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ठूलो परिमाणको सुनमा उनको पनि कनेक्सन देखिएपछि विभागको टोलीले छिरिङलाई पक्राउ गरेको हो। उनी नेपाली मूलका बेल्जियम नागरिक हुन्।
योसँगै पक्राउ पर्नेको संख्या १८ पुगेको छ। विभागले उक्त होटलबाट सिसिटिभी फुटेज, कम्प्युटरहरू पनि जफत गरी अनुसन्धान अघि बढाएको छ। ‘कागजात, कम्प्युटर, सिसिटिभी फुटेजहरू ल्याएका छौं,’ स्रोतले सेतोपाटीसँग भन्यो।
विभागले यससम्बन्धी थप अनुसन्धान अघि बढाएको छ। केही समय अघि काठमाडौंमा कल सेन्टर सञ्चालन गरी ठगी धन्दा चलाउनेमा पनि उनको नाम जोडिएको थियो। तर उनी पक्राउ परेका थिएनन्।