- Loading...
६ दलीय संघर्ष समितिमा आफ्नो संलग्नता नरहेको माओवादीको भनाइ
- गोल्डेन खबर
- १ साल अघि
- १६९ पटक पढिएको
काठमाडौं-नेकपा माओवादी केन्द्र ले ६ दलीय संघर्ष समितिमा आफ्नो संलग्नता नरहेको प्रस्ट पारेको छ । माओवादी केन्द्रले गौर हत्याकाण्डको छानबिनको विषयलाई लिएर सो काण्ड पीडित संघर्ष समितिले उठाएका मागविरुद्ध गठन भएको संघर्ष समितिमा आफ्नो कुनै संलग्नता नरहेको प्रष्ट पारेको हो ।
माओवादी केन्द्र रौतहटले शुक्रबार एक विज्ञप्ति जारी गर्दै गौर हत्याकाण्डको छानबिनको विषयलाई लिएर आम जनता पार्टीले उठाएको मागविरुद्ध गठन भएको ६ राजनीतिक पार्टीको संघर्ष समितिमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ ।
‘आजभन्दा १७ वर्ष अगाडि भएको अमानवीय र कुर गौरहत्या काण्डको विषयलाई लिएर केही दिनदेखि रौतहटको गौरमा भइरहेको ६ दलीय संघर्ष समितिको नाममा धर्ना, जुलुस, विज्ञप्ति र ज्ञापनपत्रको दोहोरी चलिरहेको छ, त्यो आन्दोलनमा माओवादी केन्द्रको कुनै संलग्नता छैन’ माओवादी केन्द्र रौतहटका इन्चार्ज युवराज भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।