FLASH NEWS
  • Loading...

इटाली भ्रमण सकेर प्रधानमन्त्री फर्किए स्वदेश

  • गोल्डेन खबर
  • १ साल अघि
  • १३२ पटक पढिएको
इटाली भ्रमण सकेर प्रधानमन्त्री फर्किए स्वदेश

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली भ्रमण गरी स्वदेश फर्किएका छन् । शुक्रवार बिहान उनी इटालीको भ्रमण सकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौँ ओर्लिएका हुन् ।

उनलाई स्वागत गर्न विमानस्थलमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतमन्त्रीहरु समेत विमानस्थल पुगेका थिए ।

उनलाई नेपाली सेनाको एक टुकडीले विमानस्थलमा सलामी अर्पण गरेको छ । संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी साउन ६ गते इटाली प्रस्थान गरेका थिए ।

भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले ‘फुड सिस्टम समिट’लाई सम्बोधन गर्दै जलवायु परिवर्तन र अन्य प्रकोपसँग जुध्न तथा अनुकूलन क्षमता सुदृढ गर्न अति कम विकसित देशहरूको कृषिमा लगानी बढाउनु जरुरी रहेको बताएका थिए । सो क्रममा उनले ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई पनि सम्बोधन गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित