FLASH NEWS
  • Loading...

कोशीमा अर्को सरकार गठन प्रक्रिया सुरु गर्न सर्वोच्चको आदेश

  • गोल्डेन खबर
  • १ साल अघि
  • २०५ पटक पढिएको
कोशीमा अर्को सरकार गठन प्रक्रिया सुरु गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आदेश दिएको छ । सभामुखको समर्थन असंवैधनिक भएको ठहर गर्दै सर्वोच्चले त्यसका आधारमा भएको मुख्यमन्त्री उद्धव थापाको नियुक्त बदर गर्दै नयाँ सरकारको प्रक्रिया सुरु गर्न आदेश दिएको हो ।

 

साथै ७ दिनभित्र बहुमत पाउने दललाई मुख्यमन्त्री बनाउन आदेश दिएको छ । नभए अर्को उपधारामा जान भनिएको छ । अर्थात अब फेरि संविधानको धारा १६८ ९२० अनुसार सरकार गठनको प्रयास हुनेछ । ९३ सदस्यीय प्रदेशसभामा बहुमत जुटाउन सक्ने दलले सरकार बनाउने छ ।

कुनै पनि दलले बहुमत जुटाउन नसके १६८ ९३० अनुसार प्रदेशसभाको सबभन्दा ठूलो दल एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्नेछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित