FLASH NEWS
  • Loading...

हामी गृहमन्त्रीको राजीनामा मागि रहन्छौंः पदम गिरी

  • गोल्डेन खबर
  • १ साल अघि
  • १५७ पटक पढिएको
Post Thumbnail

काठमाडौं:प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागिरहने बताएका छन् ।

 

संसदीय दलको बैठकपश्चात् संक्षिप्त कुराकानी गर्दै उनले सो कुरा बताएका हुन् । उनले सुन तस्करी काण्डमा गृहमन्त्रीको संलग्नता स्पष्ट भएको भन्दै उनी कुर्सीमा बस्न योग्य नभएको निष्कर्ष निकालेको जानकारी दिए ।

“गृहमन्त्री संलग्न भएको स्पष्ट छ । त्यसकारण उहाँ कुर्सीमा बस्न योग्य हुनुहुन्न भन्ने कुरा भयो,” उनले भने, “राजीनामा हामीले मागेकै छौँ, मागिरहन्छौँ ।”

गिरीले उच्चस्तरीय न्यायिक समिति बनाएर यसमा संलग्न सबैलाई छानबिन र कारबाही गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित