FLASH NEWS
  • Loading...

नयाँ बानेश्वरमा लघुवित्त पीडितको प्रदर्शन

  • गोल्डेन खबर
  • १ साल अघि
  • ८१ पटक पढिएको
नयाँ बानेश्वरमा लघुवित्त पीडितको प्रदर्शन

काठमाडौं -लघुवित्त पीडितहरुले काठमाडौंको नयाँ बानेश्वरमा आज विरोध प्रदर्शन गरेका छन् ।

निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

 

‘लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति’ गठन गरी पीडितहरुले काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । उनीहरुले लघुवित्त संस्था खारेज हुनुपर्ने लगायतका विभिन्न पाँच बुँदे माग अघि सारेका छन् ।

माग सम्बोधनका लागि दबाव दिने उद्देश्यले काठमाडौंको एभरेष्ट होटल अगाडिको सडकमा पीडितहरुले आज प्रदर्शन गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित