FLASH NEWS
- Loading...
भ्रातृ संस्थाका गतिविधिका कारण देशभरको कांग्रेस बदनाम हुने अवस्था सह्य हुदैनः विश्वप्रकाश शर्मा
- गोल्डेन खबर
- १ साल अघि
- २२८ पटक पढिएको
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रातृ संस्थाका गतिविधिका कारण देशभरको कांग्रेस बदनाम हुने अवस्था सह्य नहुने कुरा बताएका छन् ।
केन्द्रीय समितिको बैठकमा महामन्त्री शर्माले बोल्ने क्रममा उनले यसतने बताएका हुन् । उनले भ्रातृ संगठनका कार्यकर्तालाई अराजक गतिविधि गरे सदस्यता खोसेर निष्कासन गर्ने चेतावनी दिए। “भ्रातृ संस्थाका कतिपय गतिविधिले देशैभरको कांग्रेस आलोचित छ । एकठाउँमा कालोमोसो लगाउँदा अर्को ठाउँमा कांग्रेस बदनाम हुन्छ,” शर्माले भने, “त्यसकारण कालोमोसो लगाउने वा अराजक गतिविधि गर्नेको तत्काल सदस्यता खारेज गरी निष्कासन गरिन्छ । सबैले ध्यान दिएर सुन्नुहोला ।”
प्रतिक्रिया दिनुहोस