FLASH NEWS
  • Loading...

प्रधानमन्त्रीको चीन र अमेरिका भ्रमणको तयारी सुरु

  • गोल्डेन खबर
  • १ साल अघि
  • १७० पटक पढिएको
प्रधानमन्त्रीको चीन र अमेरिका भ्रमणको तयारी सुरु

काठमाडौं_परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन र अमेरिका भ्रमणको तयारी सुरु गरेको छ । आगामी असोजको पहिलो साता हुने उक्त भ्रमणको तयारी परराष्ट्रले सुरु गरेको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री चीनको हन्जाउमा हुन लागेको १९औँ एसियन खेलको उद्घाटन समारोहमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् । एसियन खेलको उद्घाटन चीनका राष्ट्रपति तथा प्रधानमन्त्रीमध्ये एकजनाले गर्नेछन् ।

एसियन खेल समारोहमा सहभागी भएपछि प्रधानमन्त्री बेइजिङ जानेछन् । बेइजिङमा उनले चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता र चिनियाँ राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । बेइजिङमा उनले चिनियाँ कम्युनिस्ट पार्टीका अन्य नेताहरुसँग पनि भेटवार्ता गर्नेछन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सेप्टेम्बर २२ अर्थात अगामी असोज ५ गतेदेखि सुरु हुने गरी प्रधानमन्त्रीको चीन भ्रमणको तयारी भइरहेको छ । स्रोतका अनुसार चीन भ्रमणकै बेला संयुक्त राष्ट्रसंघको ७८औँ महासभा अमेरिकाको न्यूयोर्कमा सुरु हुनेछ । राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने इच्छा पनि प्रधानमन्त्रीले व्यक्त गरेका छन् ।

“प्रधानमन्त्रीज्यूले मिलेसम्म दुवैतिर जाने गरी भ्रमणको तयारी गर्न भन्नुभएको छ । मिल्दै नमिले चीन भ्रमणलाई प्राथमिकतामा राख्न भन्नुभएको छ । तर दुवैतिर जाने समय एउटै परेकोले भ्रमण तालिका मिलाउन गाह्रो भइरहेको छ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।

एसियन गेम्स चीनको हन्जाउमा अगामी सेप्टेम्बर २३ देखि अक्टोबार ८ ९असोज ६ गतदेखि २१ गतेसम्म० हुनेछ । संयुक्त राष्ट्रसंघको ७८औँ महासभा भदौ ६ गतेदेखि सुरु हुनेछ । महासभामा उच्चस्तरीय पाहुनाको सम्बोधन असोज २ गतेदेखि सुरु हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित