- युट्युबमा रिलिज 'डिग्री माइला' ले पायो २४ घण्टा नपुग्दै १० लाख बढी भ्युज |
- कोशी प्रदेश सभामा प्रधानमन्त्रीको सम्बोधनः देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो |
- प्रतिनिधि सभाको बैठक बस्दैछ, यी हुन् कार्यसूची |
- आजको पञ्चाङ्ग र राशिफल (२०८१ फागुन २८ गते बुधबार, फाल्गुन शुक्लपक्ष त्रयोदशी) |
- PSG Triumph Over Liverpool in Penalty Shootout to Advance in UEFA Champions League |
सर्वोच्चमा आजदेखि कोसी सरकारविरुद्धको रिटमा बहस हुँदै
- गोल्डेन खबर
- १ साल अघि
- १४७ पटक पढिएको

काठमाडौं- कोसी सरकारविरुद्धको रिटमा आजदेखि सर्वोच्च अदालतमा बहस हुँदै छ ।
गठबन्धन दलले असंवैधानिक तवरले प्रदेश सरकार गठन गरेको भन्दै नेकपा (एमाले) सर्वोच्चमा रिट हालेका थिए । एमाले कोसी प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ र प्रदेश सभामुख बाबुराम गौतमलाई विपक्षी बनाई रिट दायर गरेका छन् ।
सर्वोच्चमा आज दुवै पक्षका वकिलले आ–आफ्नो तर्फबाट बहस गर्नेछन् । रिट उपर गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले सरकार गठन गर्दाको दाबी, दलका तर्फबाट पेस भएको हस्ताक्षरसहितका सक्कल कागजात मगाउन आदेश दिएको थियो । मुख्यमन्त्री थापा, प्रदेश प्रमुख खापुङ र सभामुख गौतमसँग लिखित जवाफसमेत माग भएको थियो ।
तीनै जनाले साउन ४ गतेभित्रै आफ्नो जवाफ पेस गरिसकेका छन् । सभामुख बाबुराम गौतमसहितको हस्ताक्षर जोडेर कांग्रेसका थापाको नेतृत्वमा प्रदेश सरकार गठन भएको थियो ।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ वमोजिम दुई वा दुई भन्दा बढी दलको सहभागितामा सरकार गठन गर्न आह्वान गरी गठबन्धनले वहुमतसहित दाबी गरेपछि मुख्यमन्त्री नियुक्त गरेका थिए । अदालतले दीर्घकालीन असर गर्ने निर्णय नगर्न सरकारको नाममा आदेश दिएपछि सरकार काम चलाउ अवस्थामा पुगेको छ ।