FLASH NEWS
  • Loading...

महामन्त्रीले पेश गरेको प्रतिवेदन एनजीओको विसलिष्टजस्तो लाग्योः आरजु राणा

  • गोल्डेन खबर
  • १ साल अघि
  • १५९ पटक पढिएको
महामन्त्रीले पेश गरेको प्रतिवेदन एनजीओको विसलिष्टजस्तो लाग्योः आरजु राणा

काठमाडौं- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले महामन्त्रीले पेश गरेको प्रतिवेदन एनजीओको विसलिष्टजस्तो लागेको बताएकी छन्।

शुक्रबार केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले यस्तो बताएकी हुन् । केन्द्रीय समितिमा गत साउन २ गते महामन्त्री गगन थापाले वार्षिक कार्ययोजना प्रस्ताव गरेका थिए। ती कार्ययोजनामा समेटिएका प्रस्तावका कार्यक्रमले दिने उपलब्धिबारे महामन्त्रीले प्रष्ट नखुलाएको र महामन्त्रीले देश हाँक्ने प्रतिवेदन ल्याउन नसकेको पनि आरजुको भनाइ थियो।

‘नेपाली कांग्रेस भनेको नेपाल देशको एजेन्डा सेट गर्ने पार्टी हो। देश कता जाने?राजनीति कस्तो र समाज कस्तो हुनेरु अर्थतन्त्र कस्तो हुने इतिहास हेर्ने हो भने कांग्रेसले नै सेट गरेको छ,’ उनले भनिन्, ‘यसपालि महामन्त्रीको प्रतिवेदन दुरगामी र देश हाँक्नेजस्तो केही कुरा पनि मैले देखिनँ। म अचम्मित पनि भएँ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित