FLASH NEWS
- Loading...
सिनामंगलस्थित सुनचाँदी पसलअगाडि शंकास्पद वस्तु राख्ने व्यक्ति पक्राउ
- गोल्डेन खबर
- १ साल अघि
- १२६ पटक पढिएको
काठमाडौं- सिनामंगलस्थित खोटाङ हलेसी सुनचाँदी पसलअगाडि शंकास्पद वस्तु राख्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं जिल्ला प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले पक्राउ परेका व्यक्तिलाई प्रहरी वृत्त गौशाला लगिएको बताए । ती व्यक्तिको परिचय भने प्रहरीले केहीबेरमा सार्वजनिक गर्ने उनले बताए । यसअघि नेपाल प्रहरी र नेपाली सेनाको टोलीले उक्त वस्तु निष्क्रिय पारिसकेको छ ।
शंकास्पद वस्तुसँगै नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चासमेत भेटिएको छ । पसलका सञ्चालकलाई बुधबार बिहान नचिनेको नम्बरबाट फोन गरेर पैसा मागिएको थियो । त्यसपछि उनको पसलअगाडि शंकास्पद वस्तु राखिएको हो ।
प्रतिक्रिया दिनुहोस