FLASH NEWS
  • Loading...

कांग्रेसका नेता गोपालमान श्रेष्ठले गरे पार्टीको वरिष्ठ नेतामा दाबी

  • गोल्डेन खबर
  • १ साल अघि
  • ९१ पटक पढिएको
कांग्रेसका नेता गोपालमान श्रेष्ठले गरे पार्टीको वरिष्ठ नेतामा दाबी

काठमाडौं-नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टीको वरिष्ठ नेतामा दाबी गरेका छन् ।

रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता तोकेका छैनन् । केन्द्रीय कार्यसमितिको बैठक अगाडि श्रेष्ठले आफूलाई वरिष्ठ नेता बनाउन दबाव बढाएका हुन् । बैठकको अघिल्लो दिन आइतबार देउवाले बोलाएको परामर्श बैठकमा पनि नेताहरुले श्रेष्ठको विषय उठाएका थिए ।

‘मभन्दा सिनियर अरु छैन । गिरिजाप्रसाद कोइराला सभापति भएको बेला उपसभापति र शेरबहादुर देउवा सभापति भएको बेला कार्यबाहक चलाएको हुँ’, श्रेष्ठले अनलाइनखबरसँग भने, ‘वरिष्ठ नेतामा मेरो स्वभाविक दाबी हो ।’

सभापति देउवाले अघिल्लो कार्याकालमै वरिष्ठ नेता बनाउने आश्वासन दिएपनि पूरा नभएको समेत उनको गुनासो छ । नेता श्रेष्ठले भने, ‘हिजो पनि साथीहरुले तत्काल तोक्नुस् भन्नुभएको हो, तर उहाँले केही दिन कुर्नुस् भन्नुभएको छ ।’

संस्थापन इतर समूहका नेताहरुले १४औं महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गरेर ४० प्रतिशत मत पाएका डा। शेखर कोइरालालाई वरिष्ठ नेता तोक्न मत राख्दै आएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित