FLASH NEWS
  • Loading...

ह्वात्तै घटेर आयो पेट्रोलको मुल्य

  • गोल्डेन खबर
  • १ साल अघि
  • ११३ पटक पढिएको
ह्वात्तै घटेर आयो पेट्रोलको मुल्य

काठमाडौं-भारतीय आयल कर्पोरेसन (आईओसीले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

आईओसीले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलमा प्रतिलिटर ३४ पैसा घटेर आएको छ । भने, डिजेलमा प्रतिलिटर २।४७ रुपैयाँ वृद्धि भएको छ । नयाँ मूल्य सूचीपछि पनि आयल निगम पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ तथा डिजेलमा ६।५० रुपैयाँ नाफा छ । निगमलाई पेट्रोलियम पदार्थ विक्री बापत महिनामा १ अर्ब नाफामा रहेको छ ।

साउन १ गतेबाट पेट्रोलियम पदार्थको मूल्य स्वचालित प्रणालीमा जाने भएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले आज निर्णय गरेर भोलिबाट लागू हुने निगमका प्रवक्ता मनोज कुमार ठाकुरले बताए ।

उनले भने, ‘अब भोलिबाट स्वचालित मूल्य प्रणालीमा जाने छ । अब भारतबाट घटेर आए मूल्य घट्ने छ । भने, वृद्धि भएर आए नेपालमा पनि मूल्य वृद्धि हुने छ ।’ भारतीय आयल कर्पोरेसनले निगमलाई १५ दिनमा नयाँ मूल्य सूची निगमलाई पठाउने गरेको छ । अब १५र१५ दिनमा आएको नयाँ मूल्य नै नेपालमा लागू हुने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित