FLASH NEWS
  • Loading...

तीन वर्षको अन्तरालमा कम्तिमा ५० पटक पक्राउ परेः ओली

  • गोल्डेन खबर
  • १ साल अघि
  • ८६ पटक पढिएको
तीन वर्षको अन्तरालमा कम्तिमा ५० पटक पक्राउ परेः ओली

काठमाडौं- नेकपा एमालेले पञ्चायत ढलेपछिको तीन वर्षको अन्तरालमा आफू कम्तिमा ५० पटक पक्राउ परेको बताएका छन् । मानव अधिकार एलायन्सको कार्यक्रमलाई सम्बोधन गर्दै मनमोहनदेखि वामदेव गौतमसम्म कुटिएको स्मरण गरे ।

उनले भने, ‘०४८ सालदेखि ५१ सालसम्म पञ्चायत ढलेको बेलामा म प्रतिपक्ष दलको एउटा सांसद थिएँ । कम्तिमा ५० पटक तीन वर्षको बीचमा म गिरफ्तारमा परेँ । कम्तिमा ५० पटक । शान्तिपूर्ण जुलुसमा सडकमा देखिन नहुने आयो च्याप्प समायो भ्यानमा कोचकाच पारेर लगिहाल्छ । मनमोहन अधिकारी पिटिनुभयो । वामदेव गौतमलाई भद्रकालीको छेउमा छेकेर सरकारले पिट्यो सडकमा । अरु नेता पिटिनुभयो ।’ एमालेका ३० हजारभन्दा बढी कार्यकर्तालाई तीन वर्षको बीचमा मुद्दा लागेको बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित