FLASH NEWS
  • Loading...

भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान बीचबाटै फर्कियो

  • गोल्डेन खबर
  • १ साल अघि
  • ८७ पटक पढिएको
Post Thumbnail

काठमाडौं– काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान बीचबाटै फर्काइएको छ । त्रिभुवन विमानस्थलबाट उडेको नाइनएन–एजेओ जहाज समस्या आएको भन्दै १५ मिनेटमै फर्काइएको हो ।

त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार १ बजेर ५३ मिनेटमा उडेको जहाज १५ माइल उडेपछि ९इन्डिकेसन०मा समस्या देखिएपछि फर्काइएको हो । कुन किसिमको समस्या हो भन्ने प्राविधिकहरुले अध्ययन गरिरहेको उनले जनाए । प्रवक्ता सिटौलाले फर्काइएको विमानका यात्रुहरुलाई अर्को विमानमार्फत भद्रपुरतर्फ लगिएको बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित