FLASH NEWS
  • Loading...

करेन्ट लागेर रौतहटमा यो वर्ष १२ जनाको निधन

  • गोल्डेन खबर
  • १ साल अघि
  • ७३ पटक पढिएको
करेन्ट लागेर रौतहटमा यो वर्ष १२ जनाको निधन

काठमाडौं – जिल्लामा करेन्ट लागेर चालू आर्थिक वर्षमा १२ जनाको मृत्यु भएको छ। चालू आर्थिक वर्ष सकिन ४ दिन मात्र बाँकी रहँदा जिल्लाका विभिन्न स्थानमा करेन्ट लागेर १२ जनाको निधनभएको हो।

बुधवार मात्रै गरुडा नगरपालिका–८ स्थित बसबिट्टि जिंगडियाका ५० वर्षीय शेख साह मोहम्मदको करेन्ट लागेर मृत्यु भएको छ। आफ्नै घरमा विद्युतीय हिटरमा खाना पकाउने क्रममा करेन्ट लागेर शेखको निधनभएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

यससँगै रौतहटमा यो आर्थिक वर्षमा करेन्ट लागेर मृत्यु हुनेको सङ्ख्या १२ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी उमाशंकर यादवले बताए।

जिल्लामा सबैभन्दा बढी विद्युत् मोटरबाट करेन्ट लागेर मृत्यु भएको देखिन्छ। मोटरबाट खेतमा पानी पठाउँदा, नुहाउने क्रममा, तार जोड्ने क्रममा तथा मोबाइल चार्ज गर्दा करेन्ट लाग्ने गरेको प्रहरीको भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित