FLASH NEWS
  • Loading...

वडाध्यक्ष टंकबहादुर पुनको मुत्यु

  • गोल्डेन खबर
  • १ साल अघि
  • १०८ पटक पढिएको
वडाध्यक्ष टंकबहादुर पुनको मुत्यु

काठमाडौं- रोल्पाको रुन्टिगढी गाउँपालिका–४ का वडाध्यक्ष टंकबहादुर पुनको मुत्यु भएको छ ।

मंगलवार एक्कासी विरामी भएका वडाध्यक्ष पुनको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बुधवार मुत्यु भएको हो । गाउँपालिका अध्यक्ष जनक पुनले स्क्रब टाइफसका कारण बिरामी भएको र उपचार क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएको बताए ।

मंसिर २५ गते सामान्य ज्वरो आएपछि वडाध्यक्ष पुन उपचारका लागि दाङको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेका थिए । त्यसपछि सामान्य उपचारपछि फर्किएका पुनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि मंसिर २६ गते पुनः प्रतिष्ठानमा भर्ना भएका थिए । सोक्रममा आज बिहान भेन्टीलेटरमा उपचारका क्रममा उनको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

यता, पुनको परिवारले उपचार लापरवाही भएको भन्दै शव बुझ्न मानेको छैन । अहिले प्रष्तिठान र मृतक पुनका परिवारबीच छलफल चलिरहेको छ । पुन गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित