FLASH NEWS
  • Loading...

प्रधानमन्त्री पत्नी सीताको निधनको शोकमा सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित

  • गोल्डेन खबर
  • १ साल अघि
  • ९८ पटक पढिएको
प्रधानमन्त्री पत्नी सीताको निधनको शोकमा सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित

काठमाडौं-प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनमा सुदूरपश्चिम प्रदेश सभा बैठकमा आज शोक बिदा दिइएको छ ।

आज बिहान बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा आज शोक बिदा दिने सहमति भएको हो । हिजोबाट प्रदेश सभामा बजेट माथिको छलफल सुरु भएको थियो । हिजो सभामुख भीम भण्डारीले आज दिउँसो ३ बजे सम्मका लागि प्रदेश सभा बैठक स्थगित गरेका थिए । आज ३ बजेको बैठक शोक बिदाका कारण स्थगित गरिएको प्रदेश सभा सचिवालयका सचिव देव बहादुर बोगटीले जानकारी दिए ।

सचिव बोगटीले भोलि बिहान ८ः३० बजेका लागि बैठक आह्वान गरिएको जानकारी दिए । भोलि नै दिउसो ३ बजे पनि बैठक आह्वान गरिएको छ । असार १ गते आर्थिक मामिला मन्त्री नरेश शाहीले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए । हिजोबाट बजेट माथिको छलफल सुरु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित