FLASH NEWS
  • Loading...

आगामी आर्थिक वर्षको बजेट दिल्लीबाटै पास हुन लागेको हो? डा. विमला राई पौड्याल

  • गोल्डेन खबर
  • १ साल अघि
  • १४३ पटक पढिएको
आगामी आर्थिक वर्षको बजेट दिल्लीबाटै पास हुन लागेको हो? डा. विमला राई पौड्याल

काठमाडौं- राष्ट्रियसभा सदस्य डा। विमला राई पौड्यालले आगामी आर्थिक वर्षको बजेट दिल्लीबाटै पास हुन लागेको हो? भन्दै प्रश्न गरेकी छन् ।

मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले सो प्रश्न गरेकी हुन् । उनले प्रधानमन्त्री प्रचण्डलाई प्रधानमन्त्री बनाउनका लागि व्यापारीहरु दिल्ली दौडाहामा गएको कुरा उल्लेख गरेको भन्दै बजेट कार्यक्रम पनि त्यतैबाट पास गर्न लागिएको हो भन्ने प्रश्न गरिन् । असमान बजेट आउनुको कारणबारे संसद् र जनतालाई जानकारी दिन पनि उनले आग्रह गरिन् । छिमेकी देशसँगको नेपालको सम्बन्ध असमान हुँदै गइरहेको उनले भनाइ छ ।

“प्रधानमन्त्रीले अस्ति त भनी नै हाल्नुभयो, प्रधानमन्त्री बन्नका लागि व्यापारीहरु दिल्ली दौडमा गएका कुरा आए पनि । बजेट कार्यक्रम पनि हामी त्यतैबाट पास गर्दै छौँ कि के हो? परराष्ट्रले सहजीकरण गरिरहेको छ ,” उनले सोधिन्, “नत्र भने किन एकतर्फी हुन्छ बनेट?” राष्ट्रियसभा सदस्य राईले असंलग्न परराष्ट्र नीति छोडेको हो भन्दै सरकारसँग जवाफ माग गरिन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित