FLASH NEWS
  • Loading...

बालेनविरुद्ध महानगरको गेटमा प्रदर्शन गर्न चलाइयो ‘इनफ इज इनफ’ अभियान

  • गोल्डेन खबर
  • १ साल अघि
  • ११४ पटक पढिएको
बालेनविरुद्ध महानगरको गेटमा प्रदर्शन गर्न चलाइयो ‘इनफ इज इनफ’ अभियान

काठमाडौं-तीन वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लकडाउनका बेला आन्दोलन गर्न संगठित बनेको ‘इनफ इज इनफ’ अभियान लामो समयपछि फेरि जागेको छ ।

यसपटक भने ओलीविरुद्ध होइन काठमाडौं महानगरपालिकाका मेयर बालेनविरुद्ध यो अभियान जागेको हो । बालेन नेतृत्वको महानगर प्रहरीले सडकमा ब्यापार गर्ने श्रमिकलाई अमानवीय व्यवहार गरेको भन्दै त्यसका विरुद्ध बुधबार महानगरको गेटमा प्रदर्शनका लागि यो अभियानले ह्यासट्याग चलाएको छ । बालेनले गाएको र्‍याप गीत ‘गरीबको चमेली बोल्दिने कोही छैन’ भन्ने लाइनलाई नै ह्यासट्याग बनाएर प्रदर्शनमा सहभागी हुन आह्वान गरिएको छ । बलिदान चलचित्रको उक्त जनवादी गीतलाई बालेनले र्‍याप भर्सन बनाएका थिए ।

गरिखाने जनता र सडक व्यापारीविरुद्ध महानगरको दमनको विरोध गर्न भन्दै सो अभियान ब्यूँत्याइएको हो । विगतमा ओलीविरुद्ध खडा भएका पात्रहरुले नै अहिले बालेनविरुद्ध यो आह्वान गरेका हुन् । यसमा केही कलाकारलाई समेत समेटिएकोमा उतिबेलै सुरक्षा पन्त लगायतले आफूहरुको अभियानलाई राजनीतिक बनाइएको भन्दै अलग भएको घोषणा गरेका थिए । यो अभियानमा ट्वीटरमा सक्रिय केही संगठित व्यक्तिहरु छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%