FLASH NEWS
  • Loading...

कांग्रेसका नेता विमलेन्द्र निधि ‘अटल मिथिला सम्मान’ बाट सम्मानित

  • गोल्डेन खबर
  • १ साल अघि
  • १४४ पटक पढिएको
कांग्रेसका नेता विमलेन्द्र निधि ‘अटल मिथिला सम्मान’ बाट सम्मानित

काठमाडौं- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि ‘अटल मिथिला सम्मान’ बाट सम्मानित भएका छन्।

अटल भारत फाउन्डेसनले आइतबार नयाँ दिल्लीमा आयोजित समारोहमा निधिलाई सो सम्मान दिइएको हो। फाउन्डेसनले कला, सांस्कृतिक, राजनीतिक, सामाजिक लगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिलाई हरेक वर्ष ‘अटल मिथिला सम्मान’ ले सम्मानित गर्दै आएको छ। सन् २००३ मा भारतका तत्कालीन प्रधानमन्त्री अटलबिहारी बाजपेयीले मैथिली भाषालाई भारतको संविधानको आठौं अनुसूचीमा समावेश गराएका थिए।

उनको निधनपछि गठन भएको फाउन्डेसनले सामाजिक, राजनीतिक लगायतका क्षेत्रमा योगदान पुर्‍याउने मिथिला क्षेत्रका व्यक्तित्वलाई हरेक वर्ष सम्मान गर्दै आएको छ। यसपटक कांग्रेस नेता निधि सम्मानित भएका हुन्। कार्यक्रममा निधिले भारतको स्वतन्त्रता आन्दोलनमा नेपालका नेताहरूले महत्वपूर्ण योगदान पुर्‍याएको बताएका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित