FLASH NEWS
  • Loading...

कोसी सरकारविरुद्धको रिटको सुनुवाइ न्यायाधीश माथेमाको इजलासमा

  • गोल्डेन खबर
  • १ साल अघि
  • ७९ पटक पढिएको
कोसी सरकारविरुद्धको रिटको सुनुवाइ न्यायाधीश माथेमाको इजलासमा

काठमाडौं- कोसी प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइ आज सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको इजलासमा तोकिएको छ ।गएको बिहीबार सभामुख समेतलाई जोडेर सरकार गठन गरिएपछि नेकपा (एमाले)का तर्फबाट रिट दायर गरिएको थियो ।

कोसीका निर्वतमान मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले संविधानविपरीत सरकार गठन भएको भन्दै रिट दायर गरेका हुन् । रिटमा हालै नियुक्त भएका मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ र प्रदेश सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ ।

आइतबार रिटमा प्रारम्भिक सुनुवाइको पेसी न्यायाधीश डा। आनन्दमोहन भट्टराईको इजलासमा परेको थियो । उक्त पेसी हेर्न नभ्याइने हुँदै स्थगीत भएपछि, आज पुनः पेसी तोकिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित