FLASH NEWS
  • Loading...

तारेखपत्र बुझ्दै बालेनले भने, भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा म अपराधी भए

  • गोल्डेन खबर
  • १ साल अघि
  • ९५ पटक पढिएको
तारेखपत्र बुझ्दै बालेनले भने, भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा म अपराधी भए

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूले भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफू ‘अपराधी’ हुन पुगेको बताएका छन् ।

सर्वोच्च अदालतले दिएको तारेखपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै मेयर बालेन्द्रले भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफू ‘अपराधी’ हुन पुगेको बताएका हुन् ।

‘आज एउटा विशेष दिन, आजबाट म तारेखमा छु,’ उनले लेखेका छन्, ‘भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा र आजै प्रधानमन्त्रीज्यूले छुट पाउनुभयो। भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा म आजबाट अपराधी।’ यसअघि मेयर शाहविरुद्ध परेको अवहेलना मुद्दामा लिखित जवाफ माग गरेको थियो।

मेयर शाहविरुद्ध परेको रिटको गत मंगलबार सुनुवाइ गर्दै गत असार १२ गते सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद आचार्यको एकल इजलासले लिखित जवाफ माग गरेको थियो।

भारतीय चलचित्र आदीपुरुष विवाद बढ्दै गएपछि मेयर शाहले गत बिहीबार सामाजिक सञ्जालमार्फत अदालत र सरकार भारतको गुलाम भएको बताएका थिए।

त्यसपछि पनि मेयर बालेन्द्रले सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै दिल्लीको आदेश मान्ने सांसदको बहुमत सरकारमा रहेको बताएका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित