FLASH NEWS
  • Loading...

प्रधानमन्त्रीसहित शीर्ष नेताहरूबीच छलफल जारी

  • गोल्डेन खबर
  • १ साल अघि
  • ७५ पटक पढिएको
प्रधानमन्त्रीसहित शीर्ष नेताहरूबीच छलफल जारी

काठमाडौं- सिंहदरबारमा प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूबीच छलफल जारी छ।

प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच अहिले छलफल भइरहेको हो।उनीहरूबीच प्रतिनिधि सभाको अवरोध हटाउने विषयमा कुराकानी भइरहेको बताइएको छ। गत असार १८ गते प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंहको किताब विमोचनमा दिएको अभिव्यक्तिले एमाले आन्दोलित छ। प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने बताउँदै एमालेले निरन्तर अवरोध गर्दै आई रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित