FLASH NEWS
  • Loading...

मैले बोल्दै नबोलेको विषयमा एमालेले पूर्वाग्रही राखेः प्रधानमन्त्री

  • गोल्डेन खबर
  • १ साल अघि
  • ९९ पटक पढिएको
मैले बोल्दै नबोलेको विषयमा एमालेले पूर्वाग्रही राखेः प्रधानमन्त्री

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले बोल्दै नबोलेको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पूर्वाग्रही राखेको बताएका छन्।

राजधानीमा आयोजित पार्टी निकट विद्यार्थीहरूको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक–पटक दिल्ली गएको भन्ने विषयमा अनरगल प्रचार गरेर प्रतिपक्षले बबण्डर मच्चाएको स्पष्ट पारे।

नेपालमा पहिलो पटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्यालीः द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा दाहालले आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रीतम सिंहले धेरै मिहिनेत गरेको र दिल्लीसमेत धाएको बताएका थिए । प्रधानमन्त्रीको सोही अभिव्यक्तिलाई लिएर विरोध सुरू भएको छ। आजै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा सोही विषयमा प्रधानमन्त्रीको जवाफ माग्ने तयारी गरेको छ। बैठक दिउँसो ३ बजे बस्दैछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित