FLASH NEWS
  • Loading...

सरकारले चालु आर्थिक वर्षको राजस्व संकलन गर्ने लक्ष्य आधारहीनः डा. स्वर्णिम वाग्ले

  • गोल्डेन खबर
  • १ साल अघि
  • ८८ पटक पढिएको
सरकारले चालु आर्थिक वर्षको राजस्व संकलन गर्ने लक्ष्य आधारहीनः डा. स्वर्णिम वाग्ले

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लेले सरकारले चालु आर्थिक वर्षको राजस्व संकलन गर्ने लक्ष्य आधारहीन रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा सांसद वाग्लेले सो कुरा बताएका हुन् । उनले संशोधित बजेटमा समेत सरकारले ४० दिनको राजस्व संकलन प्रक्षेपण गर्न नसकेको बताए ।

उनले सरकारले असार १८ गतेसम्म राजस्व ८ खर्ब ६६ अर्ब मात्रै उठे पनि सरकारले ९ खर्ब उठेको भन्दै गलत तथ्याङ्‍क दिएको बताए । उनले अर्थ मन्त्रालयले एक महिना अघि मात्रै बजेटमा ११ खर्ब ८० अर्ब उठाउँने घोषणा गरेको भन्दै अब आर्थिक वर्षको बाँकी १२ दिन केही चमत्कार नहुने बताए ।

सांसद वाग्लेले नेपालको औसत राजस्व संकलन ३ अर्ब रहेको भन्दै अब घटाएको संशोधित अनुमानलाई हेर्दा दिनमा २६ अर्ब राजस्व उठाउनु पर्ने बाध्यता सरकारलाई रहेको बताए ।

उनले असार १८ गतेसम्म सरकारको अनुदानमा पनि ४ अर्ब ८० करोड मात्रै उठेको बताए । उनले सरकारको लक्ष्य ५५ अर्ब बाट एक महिना अघि मात्रै ३८ अर्ब उठ्ने भनेपनि अब बढीमा ५ अर्ब उठ्नसक्ने दाबी गरे । उनले सरकारको राजस्व र वैदेशिक अनुदानमा पनि एक महिना भित्र नै संशोधित अनुमान र वास्तविकता बीचको खाडल विश्वनियतामा प्रश्न उठ्नु राम्रो नभएको बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित