FLASH NEWS
  • Loading...

ललिता निवास प्रकरणमा संगठित अपराधमा पनि अनुसन्धान अघि बढाइयो

  • गोल्डेन खबर
  • १ साल अघि
  • ८४ पटक पढिएको
ललिता निवास प्रकरणमा संगठित अपराधमा पनि अनुसन्धान अघि बढाइयो

काठमाडौं- नेपाल प्रहरीले ललिता निवासको जग्गा प्रकरणमा पक्राउ परेकाहरुमाथि संगठित अपराधमा पनि अनुसन्धान अघि बढाएको छ ।

उनीहरुले सरकारी कागजात लिखत किर्ते गरेर १३४ रोपनी जग्गा हडपेको भन्दै ९ जना विरुद्ध प्रहरीले संगठित अपराधको कसूरमा म्याद थपेको हो । सीआईबी ब्यूरोका एक अधिकृतका अनुसार उनीहरुलाई संगठित अपराधको कसूरमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले ७ दिन को म्याद दिएको छ ।

म्याद थप हुनेहरुमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीर शाह, मालपोतका तत्कालीन कर्मचारी धर्मप्रसाद गौतम, गोपाल कार्की, तत्कालीन वडा सचिव शिवजी भण्डारी, नापी सर्वेक्षक घमनकुमार कार्की र मोही बाबुराम महर्जनलगायतका ९ जना छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित