FLASH NEWS
  • Loading...

सभामुख घिमिरेले आज प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेतासँग छलफल गर्दै

  • गोल्डेन खबर
  • १ साल अघि
  • १०८ पटक पढिएको
सभामुख घिमिरेले आज प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेतासँग छलफल गर्दै

काठमाडौं- सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापति चयनका विषयमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुसँग आज छलफल गर्दैछन् ।

सभामुख घिमिरेले मंगलबार बिहान ११ बजे सिंहदरवारस्थित कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्न लागेका हुन् । उनले संसदीय समितिका सभापति चयन र संसदलाई प्रभावकारी बनाउने विषयमा शीर्ष नेताहरुसँग छलफल गर्न लागेको सभामुखको सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभा अन्तर्गत १० वटा विषयगत समितिहरु छन् । ती सबै संसदीय समितिका सभापति चयन भएका छैनन् । राष्ट्रिय सभा र प्रतिनिधि सभाका संयुक्त दुई समिति पनि सभापति विहीन छन् । समितिको बैठक बस्दा बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्दै आएका छन् । गत वैशाख १५ गते प्रतिनिधि सभाका १० वटै विषयगत समिति गठन भएको थियो । समिति गठन भएको दुई सातापछि जेठ २ गते एक साथ १० वटै समितिको बैठक सुरु भएको थियो । तर, सभापति चयन हुन नसक्दा समितिहरुले विधेयकमाथि छलफल गर्न सकेका छैनन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित