FLASH NEWS
  • Loading...

कम्युनिष्टहरुको एकताको कुराबाट कांग्रेस तरंगित हुनु पर्दैनः प्रधानमन्त्री

  • गोल्डेन खबर
  • १ साल अघि
  • १३५ पटक पढिएको
कम्युनिष्टहरुको एकताको कुराबाट कांग्रेस तरंगित हुनु पर्दैनः प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरुको एकताको कुराबाट नेपाली कांग्रेस तरंगित हुननपर्ने बताएका छन् । उनले कम्युनिष्टहरुबीच एकता भए पनि कांग्रेससँगको सम्बन्ध नटुट्ने बताए ।

गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दीको अवससरमा चाबहिलस्थित जीपी कोइराला मेमोरियल कलेजले आज आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री यस्तो बताएका हुन् । उनले भने, ‘मैले लेफ्टहरुको युनिटीको कुरा गर्दा कांग्रेससँग डिसयुनिटी हुनेछैन ।’

विगतका राजनीतिक आन्दोलन कांग्रेस र कम्युनिष्ट मिलेर लडेकाले हालसम्मको उपलब्धि हासिल भएको भन्दै उनले कम्युनिष्ट एकताको कुराबाट कांग्रेस तरंगित हुन नपर्ने बताएका हुन् । उनले भने, ‘कन्भिक्सनको लेभलमा मेरो कमिटमेन्ट छ । त्यसकारण यो प्रक्रिया अगाडि जान्छ, जानुपर्छ ।’ यसपटक आफू प्रधानमन्त्री नबनी नहुने स्थिति देखेर कहिले एमालेसँग र कहिले कांग्रेससँग गठबन्धन गर्नुपरेको पनि उनले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित