FLASH NEWS
  • Loading...

केरुङ्गा सामूहिक कृषि फार्मद्वारा आयोजित कार्यक्रममा ओलीले रोपे धान

  • गोल्डेन खबर
  • १ साल अघि
  • २३० पटक पढिएको
केरुङ्गा सामूहिक कृषि फार्मद्वारा आयोजित कार्यक्रममा ओलीले रोपे धान

काठमाडौं-राष्ट्रिय धान दिवस मनाउन चितवन पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली बिहान खेत रोपेका छन्। चितवनस्थित केरुङ्गा सामूहिक कृषि फार्मको आयोजित कार्यक्रममा ओलीले धान रोपेका हुन्।

ओली बिहान गेस्टहाउस चौरदेखि चौबीसकोठीको र्‍यालीमा सहभागी भएका थिए। र्‍यालीमा पत्नी राधिका शाक्य पनि सहभागी थिइन्। उनले नेपाल कृषि प्रधान देश भएकै कारण भारतको नाकाबन्दीमा झुक्नु नपरेको बताएका थिए। कार्यक्रममा ओलीसहित चितवनको नेता कार्यकर्ताहरु सहभागी थिए।

मानो रोपेर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेलाई रोपाइँ जात्रा, हिलो खेल्ने, दही चिउरा खानेजस्ता नामले पनि मनाउने चलन छ । असारे भाकामा लोकदोहोरी गीत गाउँदै, हिलो छ्यापाछ्याप गर्दै आज धान रोप्ने चलन रहेको छ। असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । कृषिसहित सबै पेसा–व्यवसायमा लागेका नेपालीले आज दही चिउरा खाई असार १५ मनाउँछन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित