FLASH NEWS
  • Loading...

प्रधानमन्त्रीद्वारा धान उत्पादन बढाएर आयात प्रतिस्थापन गरी आत्मनिर्भर हुन आह्वान

  • गोल्डेन खबर
  • १ साल अघि
  • १०४ पटक पढिएको
प्रधानमन्त्रीद्वारा धान उत्पादन बढाएर आयात प्रतिस्थापन गरी आत्मनिर्भर हुन आह्वान

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दीगो रूपमा धान उत्पादन बढाएर आयात प्रतिस्थापन गरी धान चामलमा आत्मनिर्भर हुन् दिशामा योगदान गर्न आह्वान गरेका छन्।

धान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु अनुकूलित धानका जातहरू र उत्पादन प्रविधिहरूको विकास र अबलम्बन गर्न आह्वान गरेका हुन्। उनले देशमा धानको उत्पादन बढाउन सरकारले सिँचाई सुविधाको विस्तार, रासायनिक मल तथा बीउमा अनुदान, प्रविधि विस्तार, अनुसन्धान र विकास तथा न्यूनतम समर्थन मूल्यको कार्यान्वयनजस्ता कार्यक्रमहरू प्राथमिकताका साथ कार्यान्वयन गरेको भएपनि धानको बढ्दो माग पूर्ति गर्नका लागि आन्तरिक उत्पादन अपर्याप्त भएकाले धानचामल आयात वर्षेनी बढेको बताए।

प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय जलवायु परिवर्तनका कारण धान उत्पादनमा नकारात्मक असर बढ्दै गएको र यथास्थितिमा धानको उत्पादन वृद्धिको लक्ष्य पूरा हुन कठिन ने र यसले खाद्य सुरक्षामा नै प्रतिकूल असर पर्ने देखिएको बताए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित