FLASH NEWS
  • Loading...

अरुको नक्कल गरेर परिवर्तन हुदैनः ओली

  • गोल्डेन खबर
  • १ साल अघि
  • १२२ पटक पढिएको
अरुको नक्कल गरेर परिवर्तन हुदैनः ओली

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले परिवर्तन अरुको नक्कल गरेर हुन नसक्ने बताएका छन् । मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनको अनुसार परिवर्तन र विकास मौलिक तरिकाले हुन्छ । ओलीले मौलिकता चिन्न नसक्दा र तत्कालीन समस्या पहिल्याउन नसक्दा कहिलेकाहीँ आन्दोलन असफल हुने बताए । उनले आन्दोलनका क्रममा पार्टीको नाम कोअर्डिनेसन केन्द्र, नेकपा (माले), नेकपा (एमाले) हुँदै नेकपा बनाइएको बताए । नेकपा बनाउँदा भित्तामा नराम्ररी नाक ठोक्किए जसरी एमालेमा नै फर्किनुपरेको उनले सुनाए ।

“‘भइहाल्छ कि केही भनेर विभिन्न तत्वलाई लिएर आयौँ । र नेकपा भन्ने फेरि बनायौँ । पहिले नेकपा थियो, फेरि नेकपा बनायौँ । त्यसबाट नराम्रोसित भित्तामा नाक ठोक्किएजस्तो, निधार ठोक्किएजस्तो फेरि हामी नेकपा (एमाले)मा फर्कियौँ,” ओलीले भने, “यही हो मौका भनेर हाम्राविरुद्ध हमला भएको थियो । त्यसको हामीले उपयुक्त ढंगले प्रतिवाद गर्यौँ । हाम्रो आन्दोलन जोगायौँ ।”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित