FLASH NEWS
  • Loading...

कोसीका मुख्यमन्त्री कार्कीलाई कांग्रेस र माओवादीले विश्वासको मत नदिने

  • गोल्डेन खबर
  • १ साल अघि
  • ८२ पटक पढिएको
कोसीका मुख्यमन्त्री कार्कीलाई कांग्रेस र माओवादीले विश्वासको मत नदिने

काठमाडौं – नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेका छन् । दुवै पार्टीको संसदीय दलको छुट्टाछुट्टै औपचारिक बैठकले कार्कीलाई मत दिने निर्णय गरेका हुन् ।

नेकपा(एमाले) को तर्फबाट मुख्यमन्त्री बनेका कार्कीले विश्वासको मत दिन आग्रह गर्दै प्रमुख विपक्षी तथा विपक्षी दललाई औपचारिक पत्राचार गरेका थिए । कांग्रेस संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले कार्कीलाई मत नदिने दलको बैठकले निर्णय गरेको जानकारी दिए ।

आजै बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले पनि विश्वासको मत नदिने निर्णय गरेको छ । माओवादी र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कार्की नेतृत्वको सरकार अल्पमतमा छ । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित