FLASH NEWS
  • Loading...

चिनियाँ अर्बपति ज्याक कालिमाटी तरकारी बजारमा किन गए

  • गोल्डेन खबर
  • १ साल अघि
  • ११६ पटक पढिएको
चिनियाँ अर्बपति ज्याक कालिमाटी तरकारी बजारमा किन गए

काठमाडौँ-  निजी भ्रमणका सिलसिलामा काठमाडौँ आइपुगेका चिनियाँ डलर अर्बपति ज्याक मा कालिमाटी तरकारी तथा फलफुल बजारमा पुगेका छन् । उनले बुधबार बिहान १० बजेर ३७ मिनेटदेखि १० बजेर ५० मिनेटसम्म कालिमाटी बजारको विभिन्न पक्षको अवलोकन गरे ।

५ वटा कार र केही मोटरसाइकलसहित ज्याकको टोली कालिमाटी पुगेको थियो ।

७ जना सहयोगीहरुका साथ कालिमाटी पुगेका उनी कारबाट बाहिर भने ननिस्किएको बताइएको छ । उनी कालिमाटी जानुको कारण भने खुलेको छैन ।

कालीमाटी बजार अवलोकनपछि उनी स्वयम्भू स्तुपा पुगेको प्रहरीले जनाएको छ ।

जापानबाट बंगलादेश हुँदै उनी म‌ंगलबार विशेष जहाजबाट काठमाडौँ ओर्लिएका थिए । विश्वकै ठूलो इकमर्श कम्पनी अलिबाबा र दराजका मालिकसमेत रहेका उनी विश्वको डलर अर्बपटिको सूचीको ६३ औँ स्थानमा छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित