FLASH NEWS
  • Loading...

प्रधानमन्त्रीद्वारा भारत भ्रमणको क्रममा भएका उपलब्धिलाई विषयान्तर गुनासो

  • गोल्डेन खबर
  • १ साल अघि
  • १३१ पटक पढिएको
प्रधानमन्त्रीद्वारा भारत भ्रमणको क्रममा भएका उपलब्धिलाई विषयान्तर  गुनासो

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा भएका उपलब्धिलाई विषयान्तर गरेको संसद्मा गुनासो गरेका छन् ।

दाहालले  बुधबार संसद्मा  भएको भारत भ्रमणको क्रममा ऐतिहासिक उपलब्धि भएको समेत दाबी गरे । त्यस्ता विषयलाई विषयान्तर गर्न संसद्मा धेरै समय खर्च गरेको भन्दै उनले गुनासो गरेका हुन् । “संसद्सँग पनि मेरो गुनासो रहने बताए । भर्खरको मेरो भारत भ्रमणमा वर्षौँदेखि रोकिएको नेपाल–भारत पारवाहन सन्धि संशोधनसहित नवीकरण गरियो

। भारत र तेस्रो मुलुकमा विद्युत् नियार्तको लागि ब्रेक थ्रू भयो तर हामीले यस्ता ठूला उपलब्धिलाई छाडेर मुर्रा राँगा कि भैँसी भन्ने विषयमा संसद्को लामो समय लियौँ,” उनले भने, “यस्ता घटनाबाट जनतामा पर्ने बारेमा यो संसद् गम्भीर हुनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित