FLASH NEWS
- Loading...
अदालतको फैसलालाई खानले गरे स्वागत
- गोल्डेन खबर
- १ साल अघि
- १९४२ पटक पढिएको
काठमाडौं – अदालतको फैसलालाई नेकपा माओवादी केन्द्रका युवा नेता नविराज खानले स्वागत गरेका छन् । विहिबार सर्वोच्च अदालतले नागरिकता विधयेकलाइ अदालतले गरेको फैसलालाई आत्मसाथ गर्दै खानले स्वागत गरेका हुन् ।
लामो समय देखि आफ्नै देशका नागरिकले नागरिकता न पाएका पीडा भोगी रहेका नेपालीहरुको पक्षमा वकालत गर्दै आएका नेकपा माओवादी केन्द्र का युवा नेता खानले सर्वोच्चको फैसलालाई खुलेर स्वागत गरेको छन् ।
साथै अदालतले देशलाई दन्द्धको बाटो बाट रोक्ने काम गरेको बताउनु भएको छ । सर्वोच्च अदालतले नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि विधेयक कार्यान्वयनका लागि बाटो खुलेको छ ।
सर्वोच्चको यो आदेशसँगै जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरुको सन्तानले वंशजकोआधारमा नागरिकता पाउन बाटो खुलेको छ ।
२%
प्रतिक्रिया दिनुहोस