FLASH NEWS
  • Loading...

शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको बैठक स्थगित

  • गोल्डेन खबर
  • १ साल अघि
  • १७१ पटक पढिएको
शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं-प्रतिनिधिसभाको बिहान ११ बजेका लागि बोलाइएको बैठक शोक प्रस्ताव पारित गरी स्थगित भएको छ । बैठक सुदूरपश्चिम प्रदेशका आतरिक मामिला तथा कानुनमन्त्री पृथ्बीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरी स्थगित भएको हो ।

मंगलबार सडक दुर्घटनामा सिंहको निधन भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक आजै आधा घण्टापछि बस्ने सभामुख देवराज घिमिरेले जानकारी दिए । प्रतिनिधिसभामा आजदेखि नयाँ अभ्यास सुरुआत भएको छ । कार्यव्यवस्था समितिको बैठकले प्रदेशका बहालवाला मन्त्रीको निधन हुँदा प्रतिनिधिसभाका बहालवाला सांसद सरह नै सम्मान प्रकट गर्दै सुरुमै शोक प्रस्ताव पारित गर्ने र उक्त बैठक स्थगन गर्ने निर्णय गरेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित