FLASH NEWS
  • Loading...

आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्मालाई ९ वर्ष कैद सजाय

  • गोल्डेन खबर
  • १ साल अघि
  • ८२ पटक पढिएको
आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्मालाई ९ वर्ष कैद सजाय

काठमाडौं— विशेष अदालतले बहुचर्चित कर फर्छ्यौट आयोगको भ्रष्टाचारमुद्दामा हालसम्मकै सबैभन्दा बढी विगो, जरिवाना र सजाय निर्धारण गरेको छ ।

अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महतलाई ९ वर्ष १ महिना, सदस्य उमेश ढकाल र सदस्य सचिव भएर काम गरेका आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्मालाई ९ वर्ष कैद सजाय हुने फैसला गरेको हो ।

विशेष अदालतले यसअघि नै उनीहरुमाथि ६ अर्ब १५ करोड ७० लाख ४६ हजार ८४७ रुपैयाँ कुल विगो कायम गरेको थियो । विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीले दामासाहीले हेर्दा हरेकले २ अर्ब ५ करोड ४६ लाख ९८ हजार ९४९ रुपैयाँ विगो तिर्नुपर्ने बताए ।

राजस्व चुहावटको मुद्दामा दोब्बर सजाय हुने भएकाले उनीहरुले ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रुपैंया जरिवाना तिर्नुपर्नेछ । विगो र जरिवाना गरेर हरेकको भागमा ६ अर्ब १६ करोड ४० लाख ९६ हजार ८४७ रुपैयाँ तिर्नुपर्नेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित