- Loading...
कांग्रेस पार्टीगत हिसाबले चल्न सकेन : नेता केसी
- गोल्डेन खबर
- १ साल अघि
- १८७ पटक पढिएको
काठमाडौं – नेपाली कांग्रेस रूपान्तरण अभियान अन्तरगत प्रदेश(१ को कार्यक्रम सम्पन्न भएको छ । बुधबार प्रदेश(१ को कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता जगदीश नरसिंह केसीले रूपान्तर अभियान प्रदेश(१ को कार्यक्रम सम्पन्न भए सँगसँगै अन्त्य भएको बताएका छन् ।
कांग्रेस पार्टीगत हिसाबले नचलेको भन्दै उनले पार्टी भित्रका व्यक्तिहरूबाटै विधान मिच्ने काम भएको बताए । उनले नेतृत्वहरूलाई सफा नबनाएसम्म तल्लो तहमा सफाइ नहुने आम सर्वसाधारणले अभियानका क्रममा बताएको बताए ।
केसीले नेपाली कांग्रेस पार्टीभित्र बसेर प्रत्येक सदस्यको भावनालाई नबुझ्ने र एकल ढंगले आफूले जे गर्यो त्यही नै ठिक भन्ने प्रवृत्ति निरङ्कुश रहेको बताए । केसीले माथिका तहले गरेको निर्णयमाथि कसैले पनि केही बोल्न नहुने र नपाउने अवस्थामाथि छानबिन गर्न आवश्यक रहेको बताए । उनले यस्तो अवस्थाले पार्टी नै सङ्कटतर्फ अगाडि बढिरहेको उनले बताएका हुन् ।