FLASH NEWS
  • Loading...

तत्कालै पार्टी नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्न देउवालाई गगनको सुझाव

  • गोल्डेन खबर
  • १ साल अघि
  • १९५ पटक पढिएको
तत्कालै पार्टी नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्न देउवालाई गगनको सुझाव

काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका सभापति शेरबहादुर देउवाले तत्कालै पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताउँदै अब भविष्यमा प्रधानमन्त्री बन्ने लोभ नगर्न पनि सुझाएका छन्।

मंगलवार विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै महामन्त्री थापाले सो कुरा बताएका हुन् । उनले पुस्तान्तरणका लागि सभापतिले नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताए। ‘अब सभापतिले नेतृत्व हस्तान्तरण गरेर पार्टीमा पुस्तान्तरण गर्नुपर्छ,’ थापाले भने ‘यही गठबन्धनमा कांग्रेस नेतृत्वमा सरकारसमेत बन्ने पक्का भएकाले सभापतिले अब प्रधानमन्त्रीमा समेत दाबी गर्नु हुँदैन।’

महामन्त्री थापाले प्रधानमन्त्रीमा सभापतिवाहेक अन्य जो सुकै भए पनि हुने बताएका छन। ‘उहाँ पाँच–पाँच पटक प्रधानमन्त्री भइसक्नु भएको छ,’ थापाले भने ‘अब प्रधानमन्त्रीमा फेरि आश गर्नुहुँदैन। अरू जो सुकै बने पनि हुन्छ।’ नेपाली जनताले कांग्रेसबाट नयाँ प्रधानमन्त्रीको खोजी गरेको समेत उनले बताए। सभापतिले नयाँ व्यक्तिलाई प्रधानमन्त्री र सभापति दुवै पद छोड्न मार्ग प्रशस्त गर्नुपर्ने उनको भनाइ थियो।

‘मैले कुनै रिसइबी लिएर भनिरहेको छैन। पार्टी हितका लागि हो। नेपाली कांग्रेसले नयाँ नेतृत्व खोजी रहेको छ। यी कुरा लागु गर्न म लागिरहेको छु । अझै लाग्छु। परिवर्तन गर्न लागि रहेको छु, जोखिम उठाउने हो । फलका विषयमा चिन्ता गर्ने होइन । आज मेरो काम भनेको नेतृत्व र सरकारको नेतृत्व परिवर्तन गर्ने भन्ने हो,’ उनले भने।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित