FLASH NEWS
  • Loading...

सरकारी नियम नआएसम्म दिल्लीमा बाइक–ट्याक्सी सेवामाथि रोक

  • गोल्डेन खबर
  • १ साल अघि
  • ८४ पटक पढिएको
सरकारी नियम नआएसम्म दिल्लीमा बाइक–ट्याक्सी सेवामाथि रोक

 

एजेन्सी – भारतको सर्वोच्च अदालतले सोमबार दिल्लीमा बाइक–ट्याक्सी एग्रीगेटर उबर, ओला र र्‍यापिडोलाई प्रतिबन्ध लगाएको छ । दिल्ली सरकारले सान्दर्भिक नियम नबनेसम्म दिल्लीमा बाइक–ट्याक्सी सेवा प्रतिबन्धित रहने अदालतले जनाएको हो ।

न्यायाधीश अनिरुद्ध बोस र न्यायमूर्ति राजेश बिन्दलको इजलासले नयाँ नीति नआएसम्म बाइक–ट्याक्सी सञ्चालकविरुद्ध कुनै कारबाही नगर्न दिल्ली उच्च अदालतको मे २६ को आदेशलाई उल्टाएका छन् । दिल्ली सरकारका वकिल मनिष वशिष्ठले अदालतलाई मोटर वाहन ऐन, १९९८ अन्तर्गत प्रासंगिक दिशानिर्देशहरू र २०२० को संशोधित दिशानिर्देशहरू जुलाई ३१ सम्ममा सूचित गरिने जानकारी दिएका थिए।

यता बाइक–ट्याक्सी व्यवसायीले दिल्ली सरकारले नीति नबनाएसम्म बिना लाइसेन्स चलाउन दिनु पर्ने माग गरेका छन् । १९ फेब्रुअरी २०२३ मा दिल्ली सरकारले एक सार्वजनिक सूचना जारी गरेको थियो। यससँगै दिल्लीमा बाइक ट्याक्सीमाथि प्रतिबन्ध लगाइएको छ । र्‍यापिडो र उबर यसविरुद्ध उच्च अदालत गएका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित