FLASH NEWS
  • Loading...

बग्गीमा चढेर राष्ट्रपति कार्यालय पुगे दुई राजदूत

  • गोल्डेन खबर
  • १ साल अघि
  • १३८ पटक पढिएको
बग्गीमा चढेर राष्ट्रपति कार्यालय पुगे दुई राजदूत

काठमाडौं -नेपालका लागि इस्लामिक गणतन्त्र पाकिस्तान र गणतन्त्र कोरियाका नवनियुक्त राजदूत बग्गीमा चढेर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । राजदूतद्धय राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्न लाजिम्पाटस्थित होटेल रेडिसनबाट शीतल निवाससम्म बग्गीमा चढेर पुगेका हुन् ।

सोमबार शीतल निवासमा आयोजित छुट्टाछुट्टै समारोहमा नेपालका लागि पाकिस्तानी राजदूत अब्रार हुसेन हास्मी र पार्क तेयोङले राष्ट्रपतिसमक्ष आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका थिए । समारोहमा परराष्ट्रमन्त्री एनपी साउदसहित नेपाल सरकारका उच्च पदाधिकारीहरू सहभागी थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित