FLASH NEWS
  • Loading...

न्युरोड क्षेत्रलाई भेइकल फ्रि जोन बनाउने तयारी

  • गोल्डेन खबर
  • १ साल अघि
  • १६३ पटक पढिएको
न्युरोड क्षेत्रलाई भेइकल फ्रि जोन बनाउने तयारी

काठमाडौं- काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रलाई भेइकल फ्रि क्षेत्र घोषणा गर्ने तयारी गरेको छ । जथाभावी पार्किङका कारण सौन्दर्यता गुमाउँदै गएको न्युरोडलाई भेइकल फ्रि क्षेत्र घोषणा गर्न लागेको हो । त्यसका लागि कामपाले योजना तयारी गरिरहेको जनाएको छ । कामपाले राजधानीका अधिकांश सडकमा भएको पार्किङ हटाए पनि न्युरोड क्षेत्रको हटाउन सकेको छैन ।

महानगरले केही महिनापछि सो क्षेत्रबाट पार्किङ खाली भएपछि न्युरोड क्षेत्रलाई भेइकल फ्री जोन बनाउन लागेको हो । कामपा प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले धरहरा र काठमाडौं मलको भूमिगत तला खाली भएपछि न्युरोड क्षेत्रमा पार्किङ निषेध गर्न लागेको बताए । उनले भने– ‘न्युरोड प्रवेश गर्ने सवारीसाधनलाई नेपाली सेनाको महांकालस्थित व्यापारिक भवन, धरहरा र काठमाडौं मलमा पार्किङको व्यवस्था मिलाउँदै छौं, त्यसपछि न्युरोडलाई पार्किङ निषेध क्षेत्र घोषणा गर्नेछां ।’

न्युरोड, असन, भोटाहिटी, हनुमानढोका दरबारक्षेत्र, मखनलगायतका क्षेत्रको संस्कृति जोगाउन र ती क्षेत्रको पहिचान बनाउन न्युरोड क्षेत्रलाई भेइकल फ्री क्षेत्र बनाउन लागेको कामपाको भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित