FLASH NEWS
  • Loading...

मन्त्रिपरिषद्का सदस्यहरू एकैसाथ धार्मिक स्थलमा जाँदा प्रश्न उठ्छः डा. बाबुराम भट्टराई

  • गोल्डेन खबर
  • १ साल अघि
  • १८१ पटक पढिएको
मन्त्रिपरिषद्का सदस्यहरू एकैसाथ धार्मिक स्थलमा जाँदा प्रश्न उठ्छः डा. बाबुराम भट्टराई

काठमाडौं— नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मन्त्रिपरिषद्का सदस्यहरू एकसाथ धार्मिक स्थलमा जाँदा प्रश्न उठ्ने बताएका छन्।

शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री शक्ति बस्नेतसहित पशुपतिनाथको मन्दिर पुगेका हुन्।

डा भट्टराईले त्यसरी जाँदा राजनीतिक भ्रमण हुने टिप्पणी गरेका हुन्। ‘कोही एक्लै वा सपरिवार कुनै धार्मिक स्थल जाँदा प्रश्न उठाउन मिल्दैन। त्यो उसको निजी आस्थाको कुरा हो,’ उनले फेसकुकमा लेखेका छन्, ‘तर जब पूरै मन्त्रिमण्डल एकैसाथ र एउटा शृंखलामा धार्मिक स्थल जान्छ त्यो राजनीति हुन्छ र प्रश्न उठ्छ ?

यता, प्रधानमन्त्रीको सचिवालयले भ्रमण विशुद्ध अवलोकनका लागि भएको बताएको छ। पछिल्लो समय संस्कृति, पर्यटनमन्त्री सुदन किराती आफैँ सक्रिय भएर पाशुपत परिसरमा नियमित सरसफाइ गर्दै आएका छन्। पशुपति क्षेत्रको सफाइलाई अभियानकैरूपमा अघि बढाउने उनको अठोट छ। त्यसका अलावा पशुपतिभित्रका बेथिति हटाउने र पशुपति क्षेत्र विकास कोषलाई उत्तरदायी बनाउने कार्यमा सरकार उत्तिकै क्रियाशील रहेकाले प्रधानमन्त्री निरीक्षणका लागि गएको सचिवालयको भनाइ छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित