FLASH NEWS
  • Loading...

अमेरिकन डलरको भाउ घटयो, यस्तो छ आजको बिदेशी मुद्राको विनिमय दर

  • गोल्डेन खबर
  • १ साल अघि
  • २६३ पटक पढिएको
अमेरिकन डलरको भाउ घटयो, यस्तो छ आजको बिदेशी मुद्राको विनिमय दर

काठमाडौ- नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ६५ पैसा र बिक्री दर १३२ रूपैयाँ २५ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रूपैयाँ ६४ पैसा र बिक्री दर १४२ रूपैयाँ २९ पैसा रहेको छ। हिजो अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ८२ पैसा र बिक्री दर १३२ रूपैयाँ ४२ पैसा रहेको थियो । साथै, युरो एकको खरिद दर १४१ रूपैयाँ १८ पैसा र बिक्री दर १४१ रूपैयाँ ८२ पैसामा कारोबार भएको थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ १० पैसा र बिक्री दर १६५ रूपैयाँ ८५ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ ३२ पैसा र बिक्रीमूल्य ८८ रुपैयाँ ७३ पैसा र क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ७ पैसा र बिक्रीदर ९९ रुपैयाँ १५ पैसामा कारोबार गर्न सकिनेछ ।

उता, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९ रुपैयाँ ४७ पैसामा कारोबार हुदाँ कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १४ पैसा र बिक्री दर ३६ रूपैयाँ ३० पैसा तथा साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ११ पैसा र बिक्रीमा ३५ रुपैयाँ २७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित