FLASH NEWS
- Loading...
बालेनको बेल्जियम भ्रमण मन्त्रिपरिषद्द्वारा स्वीकृत
- गोल्डेन खबर
- १ साल अघि
- २११ पटक पढिएको
काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को बेल्जियम भ्रमणलाई मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।
बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले मेयर शाहलाई जेठ २९ देखि ३२ गतेसम्म बेल्जियममा हुने विश्वका महानगरपालिकाहरूको सम्मेलनमा सहभागी हुन स्वीकृति प्रदान गरेको हो । काठमाडौं महानगरपालिकाका मेयर शाह ब्रसेल्समा हुने मेट्रोपोलिस वर्ल्ड कंग्रेस र ब्रसेल्स अर्बन समिट–२०२३ मा सहभागी हुन बेल्जियम जाने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस