FLASH NEWS
  • Loading...

पार्टी पुनर्निर्माणकालागी सबै गुटहरुलाई भत्काउनुपर्ने गगन थापाको सुझाव

  • गोल्डेन खबर
  • १ साल अघि
  • २२७ पटक पढिएको
पार्टी पुनर्निर्माणकालागी सबै गुटहरुलाई भत्काउनुपर्ने गगन थापाको सुझाव

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्रका सबै गुटहरुलाई भत्काउनुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा महामन्त्री थापाले यस्ता कुरा बताएका हुन् । उनले कांग्रेस पुनर्निर्माणका निम्ति सबै गुटहरुलाई भत्काउनुपर्ने बताए । ‘मेरो आग्रह छ, नेपाली कांग्रेस पार्टीभित्र अब यसलाई सुधार्ने हो भने कांग्रेसभित्र हामीले भएको गुट सबै भत्काउनुपर्छ ।

जम्मा कांग्रेसमा दुईवटा गुट छ भन्ने बनाऔं । जम्मा दुईवटा गुट काँग्रेसमा अब । एउटा गुट कांग्रेसमा परिवर्तन चाहने गुट । एउटा गुट परिवर्तन रोक्ने गुट । यो दाई, त्यो दाई सबै छोडिदिनुहोस्’ उनले भने ।

महामन्त्री थापाले कुशासन, बेथिति, भ्रष्टाचार हटाउने विश्वास दिलाउन सक्नुपर्ने बताए । ‘कांग्रेसले कुशासन, बेथिति, भ्रष्टाचार म हटाउँछु र तिमीलाई आजभन्दा भोलि राम्रो बनाउँछु । राम्रो अवसर दिन्छु भनेर आश्वस्त पार्नसक्यो भने यो पार्टीको घर भरिन्छ’ उनले भने, ‘नयाँ मान्छे आउँछन् । नआउने कुरै छैन । कांग्रेस कमजोर हुने कुरै छैन ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित